११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने
११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ ।
सामाजिक न्याय र लैङिगक समानता दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटको आयोजना धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो ।
रक्तदान कार्यक्रम धादिङ अस्पताल परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस