सांसद सिता थपलियाको डेरामा चोरी

काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीमा नेपाली कांग्रेसकी समानुपातिक सांसद सिता थपलिया (उर्मिला)को  डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद थपलियाको डेरामा चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरी भएको हो ।  घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको...

फुर्के खोलामा आधुनिक सिग्नेचर ब्रिज बन्ने

धादिङ जिल्लामा बाढी तथा विपद्का कारण क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माण र सडक पूर्वाधार स्तरोन्नति गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको सांसद बोध नारायण श्रेष्ठले जानाकारी दिनुभएको छ। सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानाकारी दिनुभएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधार विकास तथा यातयात मन्त्री सुनील लम्साल तथा...

गजुरीमा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ, बन्दुकसमेत बरामद

धादिङको गजुरी गाउँपालिकाबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरीसँग सम्बन्धित अनुसन्धानका क्रममा एउटा मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र अस्थायी प्रहरी...

खनियाबासमा अगुवा कृषकहरूको समीक्षा तथा योजना बैठक सम्पन्न

उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत धादिङको खनीयाबास गाउँपालिकामा तरकारी खेती तथा बाख्रापालन कृषक पाठशाला सञ्चालन गर्ने अगुवा कृषकहरूबीच समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ।   क्यानेडियन फुडग्रेन्स बैंक तथा आड्रा नेपाल सहयोगमा प्रयास नेपाल, धादिङको सञ्चालन गरेको रिलिफ परियोजना अन्तर्गत आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, प्रमुख प्रशासकीय...

विदेशबाट फर्किएका धादिङका दुई जना बेपत्ता, प्रेम सम्बन्धमा रहेको परिवारको दाबी

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका धादिङका दुई जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–१ की सन्तोषी परियार र गंगाजमुना गाउँपालिका–५, महावीर टोलका धनबहादुर कामी रहेका छन्। उनीहरू प्रेम सम्बन्धमा रहेको र सँगै लुकेर बसेको हुन सक्ने परिवार स्रोतले जानकारी दिएको छ। परिवार स्रोतका अनुसार धनबहादुर कामी गत असोज १९ गते दुबईबाट...

एनपीएल क्रिकेटलाई आईसीसीबाट आधिकारिक मान्यता

नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी–२० मान्यता पाएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो । मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।  यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा...

ज्वालामुखीका महिलालाई सावुन बनाउने तालिम

ज्वालामुखी, धादिङ। ज्वालामुखी गाउँपालिकाको सहयोग तथा जुनेली समाज नेपालको आयोजनामा यही जेठ २ गतेदेखि सञ्चालन भएको सावुन बनाउने तालिम आज समापन गरिएको छ। ज्वालामुखी गाउँपालिकाका सबै वडाबाट सहभागी २० जना महिलालाई स्थानीय रूपमा उपलब्ध तितेपाती, पुदिना, एलोभेरा (घिउकुमारी), मह लगायतका सामग्री प्रयोग गरी स्वास्थ्यवर्द्धक नुहाउने तथा हातधुने सावुन उत्पादन गर्ने सीप प्रदान...

गायिका अनु अधिकारीको ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक

गायिक अनु अधिकारीको तेस्रो सांगेतिक कोसेली ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ । पवन कोईरालको शब्द तथा लबोनी प्रमोदको संगीत संयोजन रहेको उक्त गीतमा अनु अधिकारीको स्वर रहेको छ । भिडियोमा चर्चित मोडल बिना राउत र सरोज अमगाईको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम सुवेदीको ऐरेन्ज रहेको उक्त गीतमा प्रकाश...