आज राष्ट्रिय मगर एकता दिवस मनाइँदै
|
मगर समुदायले आज राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेका स्थानीय सरकारले आज सार्वजनिक बिदा पनि दिएका छन् ।
दिवसको अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस