भोटेकोशी बाढीमा प्रभावित परिवारलाई रुवी भ्यालीको राहत घोषणा

रेडियो धादिङ - |

भाद्र १० गते चीनतर्फबाट आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रुवी भ्यालीका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको अनलाइन भर्चुअल बैठकले रुवी भ्यालीका बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका बालबालिकाको पठनपाठनका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । बैठकले बाढीमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङले विपद्बारा प्रभावित परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस