प्रकाश कुमार श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा २ मा सभापतिमा निर्वाचित
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट आधिकारिक टिकट नपाएपछि भुईकटर चिन्हबाट वडाअध्यक्ष बनेका प्रकाश कुमार श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा २ मा सभापति निर्वाचित हुनुभएको छ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टी नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेसभित्रै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्ष निर्वाचित हुनुभएका श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा २ (क)को सभापति निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न प्रदेशसभा अधिवेशनमा इश्वर अर्याललाई १७१ मतअन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । अधिवेशनमा श्रेष्ठ नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, नेता रमेश धमलासहितको टिमबाट उम्मेदवार थिए भने अर्याल एक्लै मैदानमा थिए ।

प्रतिकृया दिनुहोस