धादिङको गजुरी ५ गलौदीमा सडक भासियो, आवागमन पुर्णरुपमा अवरुद्द

रेडियो धादिङ - |

पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा सडक भासिदा सवारी आवागमन पुर्णरुपमा अवरुद्द बनेको छ ।

त्रिशुली नदिकले कटार गरेपछि सो स्थानको सडक भासिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक सुरज खड्काले जानकारी दिनुभयो । सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको उहाँले बताउनुभयो ।

अहिले दुर्व तर्फ सवारी आवागमन रोकिएको छ । दिउसो पनि गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडी खोलामा ग्याँस बुलेट सडमै पल्टिएर ग्याँस लिग हुँदा सवारी आवागमन बन्द भएको थियो ।

प्रतिकृया दिनुहोस