आईसिडिसि नेपालले वितरण ग¥यो बुढीगण्डकी बाढी प्रभावितलाई राहत सामाग्री
आईतबार बुढिगण्डकी नदिमा आएको बाढीका कारण प्रभावित बनेका ५० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ।
एकिकृत सामुदायिक विकास अभियान आईसिडिसि नेपालले एक्सन एडको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का बाढी प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको हो ।
बाढी प्रभावितहरुलाई दाल, चामल, नुन, खाने तेल, र्टचलाईट, धारा सहितको बाल्टिन लगायत गरि २ लाख ६६ हजार बराबरको सामाग्री वितरण गरेको आईसिडिसि नेपालका प्रविण घिमिरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस