विपद् प्रभावित ८३ परिवारलाई दसैँ विशेष सहयोग
श्री नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल, धादिङको सहकार्यमा रातमाटे र गलौंदी होल्डिङ सेन्टरमा रहेका ८३ विपद् प्रभावित परिवारलाई दसैँ विशेष राहत सामग्री हस्तान्तरण गरिएको छ।
दसैँ पर्वलाई खुसी र आत्मीयताका साथ मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रति परिवार करिब रु. १० हजार बराबरको खसीको मासु, तेल, मसला, प्याज, सागसब्जी र चिउरा लगायत खाद्य सामग्री उपलब्ध गराइएको हो।
वडा अध्यक्ष गोविन्द लामिछानेको रोहबरमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा श्री नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू, प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल तथा अध्यक्ष वीरबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।
विपद्का कारण प्रभावित भएका परिवारले पनि दसैँजस्तो महान् चाडमा खुसी, सम्मान र आत्मीयताको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको प्रयास नेपाल,फिल्ड संयोजक ईश्वरी काईरालाले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस