सांसद सिता थपलियाको डेरामा चोरी
काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीमा नेपाली कांग्रेसकी समानुपातिक सांसद सिता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ ।
दसैँको बिदामा सांसद थपलियाको डेरामा चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरी भएको हो ।
घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । चोरीमा संलग्न आरोपमा ३ जना लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस