भीमफेदीमा माइक्रो बस दुर्घटना, १० को मृत्यु,५ घाईते

रेडियो धादिङ - |

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

आज बिहान ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस